रेमिट्यान्स आप्रवाह २५ प्रतिशत बढ्यो, छ महिनामा ७ खर्ब ३३ अर्ब भित्रियो


बैंक खबर । चालू आर्थिक वर्षको छ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । 

यस वर्ष पुस महिनामा मात्रै १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ । गतवर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २०७,९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १३५,४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २७५,६४३ र १४२,५४८ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २४ प्रतिशतले वृद्धि भई ७ खर्ब ९९ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.७ प्रतिशतले बढेको थियो । 

All financial information at your fingertips.

शेयर गर्नुहोस