नेशनल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिसेयर आम्दानी १० रुपैयाँ १८ पैसा


बीमा खबर । नेशनल लाइफ इन्स्योरेन्सको नाफा बढेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार छ महिनामा खुद नाफा १६.९१ प्रतिशतले बढेको छ । 

इन्स्योरेन्सले पुस मसान्तसम्म २५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गतवर्ष पुसमा इन्स्योरेन्सले २१ करोड ८२ लाख रुपैयाँ कमाएको थियो । 

यसवर्ष इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ११.३२ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी १२.३३ प्रतिशत बढेको छ। इन्स्योरेन्सले ८ अर्ब ३७ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  इन्स्योरेन्सको कुल आम्दानी १२.२२ प्रतिशत बढेको छ भने कुल खर्च ११.७९ प्रतिशत बढेको छ।

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १० रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २१ पैसा कायम भएको छ । यस्तै मूल्य आम्दानी अनुपात ५९.२२ गुणा छ । इन्स्योरेन्सको चुक्ता पु्ँजी ५ अर्ब १ करोड १६ लाख रुपैयाँ छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस