सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिसेयर आम्दानी १० रुपैयाँ ४१ पैसा


बीमा खबर । सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार २३ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिललो वर्षको सोही अवधिको तुलनामा ६२.९३ प्रतिशतले बढी हो । गतवर्ष दोस्रो त्रैमासमा इन्स्योरेन्सले १४ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो । 

छ महिनामा इन्स्योरेन्सले ४ अर्ब १५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ छ ।
इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४१ पैसा, प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ १५ पैसा कायम भएको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस