सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ पुग्यो 

सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ पुग्यो 

अर्थतन्त्र । शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ पुगेको छ । तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको छ । 

चाँदीको मूल्य भने बिहीबारकै मूल्यमा कारोबार भइराखेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ तोकिएको छ ।  

चैत ५ गते सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजावी सुनको १ लाख ९ हजार ५ सय रुपैयाँ थियो । 

अमेरिकाका दुई बैंक टाट पल्टिएको र स्वीजरल्याण्डको एक बैंक संकटमा परेपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । विश्वभरका लगानीकर्ताले सुरक्षित लगानी खोज्दै सुनमा लगानी बढाएपछि मूल्य बढेको विश्लेषण गरिएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस