एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा छुट

बैंक खबर । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा छुट पाउने भएका छन. । डेन्टल कलेजले दिने विभिन्न सेवामा ग्राहकले १५ प्रतिशतसम्म छूट पाउने समहमति भएको बैंकले जनाएको छ । 

छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख विमल लम्साल र हस्पिटलका अध्यक्ष डा। बुद्धिमान श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौताअनुसार मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकले यो सुविधा लिन सक्ने छन् । बैंकका अनुसार स्पेशल डेन्टल सर्भिसमा ७ प्रतिशत, अपरेशन तथा जनरल डेन्टल सर्भिसमा १० प्रतिशत र ल्याब, बेड ९जेनरल वार्ड० तथा होल बडी चेकअपमा १५ प्रतिशत छूट हुनेछ ।
डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानी बढीभन्दा बढी सेवाग्राहीमा पुर्‍याउने हेतुले बैंकले उक्त सहकार्य अगाडि बढाएको बताएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस