सात कम्पनीले पाए स्टक ब्रोकर लाइसेन्स

सात कम्पनीले पाए स्टक ब्रोकर लाइसेन्स

बैंक खबर । स्टक ब्रोकर सञ्चालनका लागि आसयपत्र पाएका कम्पनीहरुमध्ये ७ कम्पनीले ब्रोकर लाइसेन्स पाएका छन् । नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको सोमबार बसेको बैठकले सबै प्रक्रिया पुरा गरी पूर्वाधार समेत निर्माण गरिसकेका सातवटा कम्पनीलाई स्टक ब्रोकर सञ्चालनका लागि लाइसेन्स दिएको हो । 

बोर्डका प्रवक्ता मुत्तिनाथ श्रेष्ठका अनुसार एलओआई पाएका ४३ कम्पनीमध्ये ७ वटाले पूर्वाधार तयार गरी निवेदन दिएपछि लाइसेन्स दिइएको जानकारी दिए । 

लाइसेन्स पाउनेमा भोले गणेश सेक्युरिटिज लि., क्यापिटल म्याक्स सेक्युरिटिज लि., हिमालयन ब्रोकरेज लि., सन सेक्युरिटिज प्रा.लि., मियो सेक्युरिटिज प्रा.लि., शेयरप्रो सेक्युरिटिज प्रा.लि.र प्रोपर्टी विजार्ड लि. रहेका छन् ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस