१९ अंकले घट्यो सेयर बजार

१९ अंकले घट्यो सेयर बजार

बैंक खबर । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १९.१० अंकले घटेर १८७०.६६ विन्दुमा झरेको छ । दुई सातादेखि लगातार घटेको बजारले आइतबार पनि निरन्तरतता पाएको हो । 

यसदिन ९५ करोड ४३ लाख रुपैयाँ बराबरको ३२ लाख ६ हजार ४५० कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका दुई सय १९ कम्पनीमध्ये १८९ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा बजार राताम्मे देखिएको हो । 

लगानीकर्ताको सम्पत्ति २८ अर्ब रुपैयाँले घटेर २७ खर्ब २५ अर्बमा झरेको छ । कारोबारमा आएका सबै उपसमूहहरु घट्दा नेप्सेमा दबाब परेको देखिन्छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस