राष्ट्र बैंकसँग मिलेर अर्थतन्त्रमा देखिएको निरासा हटाउने नवनियुक्त अर्थमन्त्रीको योजना 

राष्ट्र बैंकसँग मिलेर अर्थतन्त्रमा देखिएको निरासा हटाउने नवनियुक्त अर्थमन्त्रीको योजना 

अर्थतन्त्र । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकसँग सहकार्य गरी अर्थतन्त्रमा देखिएको निरासा हटाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले व्यवसायीको मनोबल बढाउनेगरी काम गर्ने बताएका हुन् । 

उनले साना देखि ठूलासम्म सबैलगानीकर्तामा देशिएको निरासा अन्त्य गर्ने, लघुवित्त र सहकारीमा देखिएको समस्याको हल गर्नको लागि राष्ट्र बैंकसँग समन्वय गरी काम गर्न जरुरी रहेको बताएका हुन । उनले ब्याजदर उच्च भएको, सेयर बजारमा निरासा देखिएको अवस्था रहेकाले सबैको आत्मविश्वास बढाउनुपर्ने आवश्यकता रहेको बताए । त्यसका लागि राष्ट्र बैंकसँग समन्वय गरी अर्थमन्त्रालयले सक्रियताका साथ काम गर्ने बताए । 

All financial information at your fingertips.


शेयर गर्नुहोस