महुली लघुवित्तले वैशाख ९ गते साधारणसभा गर्ने

महुली लघुवित्तले वैशाख ९ गते साधारणसभा गर्ने

बैंक खबर । महुली लघुवित्त वित्तीय संस्थाले २०८० वैशाख ९ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । चैत १४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले वैशाख ९ गते १० औं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । लघुवित्तले सप्तरी स्थित केन्द्रिय कार्यालयमा बिहान ११ बजेदेखि साधारणसभा डाकेको हो । 

साधारणसभाले १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि लघुवित्तले चैत २९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस आधारमा चैत २८ गतेसम्म कारोबार भई कायम शेयरधनीले साधारणसभा भाग लिन पाउनेछन् । 
विस्तृतमा तल हेर्नुहोस

All financial information at your fingertips.


शेयर गर्नुहोस