प्रभु र महालक्ष्मी लाइफको क्यालेन्डर सार्वजनिक

प्रभु र महालक्ष्मी लाइफको क्यालेन्डर सार्वजनिक

बीमा खबर । मर्जर प्रक्रिया जारी रहेको सन्देश दिनेगरी प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले संयुक्तरुपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । 

दुवै इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणमा एक कार्यक्रम आयोजना गरी प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट संयुक्तरुपमा क्यालेन्डर सार्वजनिक गरेका हुन् । 

महालक्ष्मी र प्रभु लाइफ इन्स्योरेन्स मर्जरका लागि सहमत भएका कम्पनी हुन । मर्जरका लागि आन्तरिक गृहकार्य अन्तिम चरणमा पुगेको दुवै इन्स्योरेन्ले बताउने गरेका छन् । तर मूल्यांकन प्रतिवेदन आउन ढिलो हुनेभएपछि चैत मसान्तभित्र मर्जर सम्पन्न नहुने भएको छ । 

कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्षसँगै कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेशकुमार लााल, महालक्ष्मी लाइफका प्रमुख काकर्यकाकरी अधिकृत रमेशकुमार भट्टराई र प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंको सहभागिता रहेको थियो । 

all financial information at your fingertips.


शेयर गर्नुहोस