अमेरिकी डलरको भाउ बढ्यो

अमेरिकी डलरको भाउ बढ्यो

बैंक खबर । असार २५ गते मंगलबार नेपाली बजारमा अमेरिकी डलरको भाउ प्रति डलर २ पैसा बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि १ अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९० पैसा तोकेको छ । सोमबार एक अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा थियो ।

युरोको मूल्य भने मंगलबार घटेको छ । राष्ट्र बैंकले मंगलबारका लागि एक युरोको खरिद दर १४४ रुपैयाँ ३५ पैसा र बिक्री दर १४५ रुपैयाँ तोकेको छ । सोमबार खरिददर १४४ रुपैयाँ ४५ पैसा र बिक्री दर १४५ रुपैयाँ १० पैसा थियो । 

मंगलबार अस्ट्रेलियन डलरको भाउ पनि घटेको छ । राष्ट्र बैंकले १ अस्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ ८६ पैसा र बिक्री दर ९० रुपैयाँ २६ पैसा तोकेको छ ।

मलेसियन मुद्रा रिंगिटको खरिद मूल्य २८ रुपैयाँ ३१ पैसा र बिक्री मूल्य २८ रुपैयाँ ४३ पैसा तोकेको छ । 

कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा तोकिएको छ । यस्तै साउदी अरेबियन रियालको खरिद दर ३५ रुपैयाँ ५४ पैसा र बिक्री दर ३५ रुपैयाँ ७० पैसा तोकिएको छ ।

कोरियन वोन १०० को खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस