शेयर बजार २६.८७ अंकले घट्यो, १ अर्ब २९ करोडको कारोबार

शेयर बजार २६.८७ अंकले घट्यो, १ अर्ब २९ करोडको कारोबार

शेयर बजार । आइतबार शेयर बजार घटेको छ । परिसूचक नेप्से २६.८७ अंकले घटेर १८ सय ८८.२७ विन्दुमा झरेर बन्द भएको छ । यस्तै १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको ३७ लाख ५४ हजार ३३४ कित्ता शेयर किनबेच भएको छ । 

कारोबारमा आएका मध्ये १९३ कम्पनीको शेयरमूल्य घटेको छ भने १९ वटाको बढेको छ । २ वटाको मूल्य स्थिर रहेको छ । 

बजार घटेपनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मायाखोला हाइड्रोपावर कम्पनी र एशियन हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । 

हिमालयन डिस्टिलरीको शेयर कारोबार  सर्वाधिक ८ करोड ६३ लाख रुपैयाँको भयो । एनआईसी एशिया बैंकको पनि ७ करोड ९५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस