logo
Blog single photo
December 06 2020

बोनस र हकप्रद शेयरप्रति लगानीकर्ताको मोहले बजारमा असर परेको छ – विष्णुप्रसाद बस्याल

पछिल्लो एक महिना नेपालको शेयर बजारमा नेप्से परिसूचक अपेक्षा गरिएभन्दा पनि धेरै बढेको छ । पछिल्लो २५ दिनमा मात्रै नेप्से परिसूचक ४ सय १८ अंकले बढेको छ । शेयर बाजरमा ७० प्रतिशतको हाराहारीमा बैंकिङ क्षेत्रको हिस्सा छ । तर अहिलेको बजारमा बैंकिङ क्षेत्र भन्दा अन्य क्षेत्रले नेतृत्व गरिरहेको देखिन्छ । अझ कतिपय राम्रो वित्तीय विवरण नभएका कम्पनीको शेयर मूल्यमा समेत उच्च वृद्धि भएको देखिन्छ । यसबाट शेयर बजार किन बढीरहेको छ भन्न सजिलै सक्ने अवस्था भने छैन । तर बजारका विश्लेषकहरु भने बैंकिङ क्षेत्रमा देखिएको अधिक तरलता र लगानीकर्ताको बोनस शेयर र हकप्रदमा देखिएको मोह नै भएको बताउँछन् । अपेक्षा गरिए भन्दा धेरै वृद्धि भइसकेकाले कुनैपनि बेला ठूलो करेक्सन आउने सम्भावना पनि देखिन्छ । अवको बजार कसरी अगाडि बढ्ला ? यिनै विषयमा केन्द्रीत रहेर हामीले शेयर बजारका अभियान्ता विष्णुप्रसाद बस्यालसँग कुराकानी गरेका छौं । 

नेपालको शेयर बजार धेरै समयपछि बढ्दो ट्रेण्डमा छ । यो अवस्थामा बजारलाई तपाईले कसरी हेरिराख्नु भएको छ ?
अहिले नेपालको बजार भनेको बुलिस ट्रेण्डमा छ । लगभग ४०/४२ महिनाको घटदो बजार र ५०/५२ महिनाको बढदो बजारको अवस्था देखिएको छ । विगतको अवस्था हेर्ने हो भने तीनवटा साइकल यस्तै भएको छ । यसपटक पनि २०१६ को जुलाईबाट जब बजार खस्न सुरु ग¥यो । कुल समय हेर्ने हो भने लगभग ४४ महिना घट्दो बजार रह्यो । त्यसपछि बजार माथि उठन शुरु गरेको हो । बिचमा अलिकति कोभिडको प्रभावले गर्दा बजारमा केही तलमाथिको उतारचढाव देखियो । त्यस्तो उतारचढाव देखिएपनि मैले बुल मार्केटको निरन्तरतालाई लिन्छु । अहिले कोभिडको लकडाउनपछि फेरी मार्केट माथि गइराखेको छ । यो भनेको आगामी दिनमा बुल साइकलको प्रभावको रुपमा नै हेर्नुपर्छ । छोटो अवधिका लागि केही समय तलमाथि हुन सक्छ तर दिर्घकालको लागि बजार निकै बुलिस ट्रेण्डमा गइसकेको मान्न सकिन्छ । 

अहिलेको वृद्धिलाई बजारको सबल पक्ष भन्ने की समस्या भन्ने ? पछिल्लो एक महिनामा ४ सय अंक बढीले नेप्से बढेको छ । अब करेक्सन हुन सक्ने सम्भावना कत्तिको छ ? 
अहिले अल्पकाललाई हेर्ने हो भने बजारमा कम मूल्यका शेयरहरुमा वृद्धि देखिराखेको छ । यस्तै बैंकिङ क्षेत्र नभएर अरु समूहका कम्पनीहरुले नेतृत्व गरिराखेको छ । त्यसलाई हेर्ने हो भने निस्चय नै सानो समयमा नै अल्पकालीन बबल सिर्जना भइसक्यो की भन्ने आशंका गर्न सक्ने आधारहरु प्रसस्त छन् । त्यसकारणले बजारको प्राकृतिक सुन्दरता भनेको अलिकति घटेर बढ्नु नै हो । बजार अरु एक–दुई सय विन्दु माथि लगातार गयो भने फेरी छोटो समयमा निकै ठूलो जोखिमको रुपमा देखापर्न सक्छ ।  

कतिपय लगानीकर्ताले अहिलेको बजार चलखेल भएका कारण बढेको छ भनिरहेका छन् । त्यसमा कत्तिको सत्यता देखिन्छ ? 
बजार भनेको नै स्पेकुलेसनको बजार हो । पूँजी बजार भनेको नै यो समग्रमा स्पेकुलेसन हो । तर यसमा स्पेकुलेसन भनेको तास खेलेझैं होइन । हेड–टेल गरेजस्तो होइन । यसमा स्पेकुलेसन भनेको एउटा क्याल्कुलेटेड जोखिम लिएर भविश्यको आम्दानी के हुनसक्छ र उसले दिन सक्ने के हो त्यो आधार तय गरिन्छ र सोही अनुसार काम गरिन्छ । म सबै कम्पनीलाई त भन्दिन तर कुनैकुनै कम्पनीमा नचाहिदो अफवाहले काम गरिराखेको स्पष्ट देखिन्छ । किन भन्दा पछिल्ला बुल मार्केटहरु जब १ हजार १ सय बाट १ हजार ३ सय ५० गयो त्यो बेलामा बैंकिङ सँगसँगै चलेको थियो । अरु कम्पनीहरु बैंकिङ क्षेत्रको भन्दा बढी चल्थ्यो । इन्स्योरेन्स, माइक्रोफाइनान्स बढी चल्थ्यो । तर बैंकिङ पनि सँगसँगै चलेको थियो । त्यसपछिको फेरी १ हजार ३ सय ५० बाट १६ सय ६८ को जुन बुल मार्केट आयो त्यो बेलामा पनि बैंकिङले साथ दिएको थियो । तर अहिले हेर्ने हो भने अलिकति अस्वभाविक रुपमा एकदमै कम पूँजी भएका कम्पनीहरु मात्रै बढी चल्ने देखिएको छ । तर धेरै पूँजी भएका कम्पनीहरु जस्तै बैंकिङ तिनीहरु नचल्ने देखियो । त्यसले गर्दा बजारलाई केही समूहले चलाउन खोजेको हो की भन्ने अनुभूति पनि भइराखेको छ । तर त्यो भन्दाभन्दै सबै कम्पनीहरुमा त्यसो होला त पक्कैपनि होइन होला । कुनै कम्पनीका राम्रो आधार अर्थात राम्रो नाफा देखेर चलिराखेको पनि होलान । तर जसको कुनै नाफा छैन, जसको आम्दानी राम्रो छैन ती कम्पनीहरु पनि अलि बढी नै चलेको देखिएकाले बजारलाई अस्वभाविक मान्न सकिन्छ । 

अधिकांश कम्पनीहरुले पहिलो त्रैमसको वित्तीय विवरण सार्वजनिक गरेका छन् । ती रिपोर्टहरु हेर्दा जुन कम्पनीको राम्रो छ ती कम्पनीहरुको शेयर मूल्य खासै बढेको छैन भने जसको कमजोर देखिएको छ तिनको बढीरहेको देखिन्छ । त्यसैले बजार कहि न कतैबाट चलखेल भइराखेको छ भन्न त खोज्नु भएको होइन ? 
हो त्यही नै भनेको हो । जसको रिपोर्ट राम्रो छैन ति कम्पनीहरुको शेयर पनि बढेको देख्दा र त्यस्ता कम्पनीहरु कम पूँजी भएको हुँदा कतै निश्चित समूहले शेयरलाई माथि उकासेर फाइदा लिनको लागि चलाईराखेको त होइन भन्ने कुरा सोच्न सकिन्छ । जस्तै धेरैजसो जलविद्युत कम्पनीहरु दुई–तीनवटालाई छोडेर जसको राम्रो आम्दानी हुन सक्ने छ त्यस्ता कम्पनीहरुलाई छोडेर धेरै जसो जलविद्युत कम्पनीहरुको लाइन देखिएको छ त्यो अलि अस्वभाविक देखिएको छ । त्यस्तै उत्पादन क्षेत्रमा विसाल बजार कम्पनी हेर्ने हो भने त्यसको -यालीपनि अस्वभाविक देखिन्छ । नेपाल पुनर्बीमा कम्पनीको -यालीलाई हेर्यौभने पनि भिड कतापट्टि लागिराखेको छ भन्ने देख्न सकिन्छ । बजारमा पुनर्बीमाले एक सय प्रतिशत भन्दा बढी हकप्रद जारी गर्छ भनेर भनिएको छ । यो सोच्नु मुर्खता हो । जुन कम्पनीको नेटवर्थ अथवा कमाईको क्षमता हो त्यसको अनुसार यदि कुनै कम्पनी एक हजार भन्दा माथि मूल्य जान नसक्ने देखिएको छ र हकप्रद आउँछ भन्ने चक्करमा मात्रै २ हजार पु-याईदिन्छन भने त्यसपछि हकप्रद आएपनि महँगो हो । साधारण लगानीकर्तामा हकप्रद र बोनस प्रतिको जुन मोह देखिएको छ त्यसले असर गरिरहेको छ । अब लगानीकर्ताले बुझ्नुपर्ने कुरा के हो भने हकप्रद र बोनस मात्रै शेयरको आम्दानीको ज्ञारेन्टी होइन । त्यसकारणले हकप्रद पाउने म सँग धेरै संख्यामा शेयर छ भनेर कसैले सोच्छ भनेपनि के त्यसको मूल्य जायज छ भनेर सोच्नुप-यो । 

अहिलेको बजारमा ब्याजदरको असर कत्तिको परेको हो ?
विश्वभरी नै पूँजी बजारलाई तरलताले नेतृत्व गरिराखेको छ । इजी मनि आउने वित्तीकै कम ब्याजदरमा पैसा पाइन्छ र बैंकमा प्रसस्त तरलता भएर बैंकले कर्जा प्रवाह गर्न शुरु गर्छ । त्यसबाट बजार प्रभावित भइहाल्छ । कोभिडको अवस्थामा अरु कुनै क्षेत्रमा लगानी गर्नको लागि त्रासको वातावरण छ । महामारी कतिसम्म चल्ने हो भन्ने मान्छेहरुले आकलन गर्न सकेका छैनन् । त्यस्तो अवस्थामा प्रणालीमा तरलता अधिक देखिएको छ र ब्याजदर कम भएको छ । प्रसस्त तरलता छ । अव लगानी गर्ने अन्य क्षेत्र खोइत भनेर सोच्दा पक्कैपनि पूँजी बजार देखिएको छ । जसमा घरबाटै कारोबार गरेर चाहेको जति नाफा कमाउन सक्ने स्थिति देखिएको छ । यी सबै तत्वहरुले काम गरेको छ । यो नेपालमा मात्रै होइन विश्वभर नै तरलताले बजारलाई नेतृत्व गरिरहेको छ । अहिले जुन हिसाबले बजार निकै छिटो बढिराखेको छ त्यस पछाडिको मुख्य कारक तत्व तरलता पनि एउटा हो । 

footer


अव यो अवस्थामा सर्वसाधारण लगानीकर्ताले बजारमा आफ्नो उपस्थिति कसरी देखाउने ?
सर्वसधारण लगानीकर्ताले के गर्नुपर्छ भने लामो समयको लागि प्रवेश गर्ने हो भने राम्रो कम्पनी जसको भोलीको दिनमा कमाउन सक्ने क्षमता बढी छ र प्रतिशेयर आम्दानी बढी हुनसक्छ त्यसको शेयर किन्नुपर्छ । हकप्रद र बोनसको पछाडी मात्रै दौडने काम गर्न हुँदैन । बोनस शेयरको कारण कुनैपनि लगानीकताले कम्पनीप्रतिको नियन्त्रण गुमाउने सम्भावना बढी हुन्छ । त्यो त रिजर्भको पैसा नै बोनसको रुपमा दिइएको हो । कुनैपनि संस्था बलियो हुनुछ भने उसको रिजर्भ बलियो हुन जरुरी छ । रिजर्भ रित्याएर कुनै संस्थाले बोनस दिन्छ भने त्यो संस्थाको संस्थागत सुशासन माथि प्रश्न गर्नुपर्ने हुन्छ । त्यसकारले लजिकल बोनस मेरोलागि कत्तिको उपयुक्त हो भन्ने ख्याल गर्नुपर्छ । फेरी बोनस शेयर जारी गर्ने वित्तीकै भोलीको दिनमा कम्पनीले बोनस दिने बेलामा डेभिडेन्ड परशेयर पनि घटेर आउँछ । त्यो पनि एउटा आधार हो । किन भन्दा जे भएपनि कम्पनीको कमाई भनेको नगद नै हो । हामीले कागजको खोस्टा बटुलेर कुनै अर्थ छैन । शेयर हामीसँग भएर कुनै अर्थ छैन् । शेयरले हामीलाई केही कमाएर पनि दिनु प-यो हाम्रो खल्तिमा पैसा हाल्नु प-यो । 

त्यसकारण नेपालको लगानीकर्ताहरुमा अपरिपक्व पन देखिन्छ । बोनसको पछाडी मात्रै दौडने अनि कुनै कम्पनीले हकप्रद ल्याउँदैछु भन्यो भने त्यो हकप्रद के प्रयोजनको लागि ल्याउँदै छ त्यो नसोचिकन हकप्रद ल्याउने भन्ने वित्तीकै आजको ५ सयको शेयर मैले १ सय रुपैयाँमा आवेदन दिन पाउँछु, अधार मूल्यमा आवेदन दिन पाउँछु भनेर शेयर बटुल्ने जुन प्रवृति छ त्यो प्रवृति पछिल्लो बुल मार्केटमा पनि हामीले हे¥यौं भने यही प्रवृतिले धेरै नै घातक भएर मान्छेहरु ठूलो नोक्सानी झेल्नु परेको थियो । यस्तै प्रवृतिलाई अझैपनि लगानीकर्ताले लिने र सही तरिकाले भविश्यमा राम्रो कमाई गर्न सक्ने कम्पनी नछानेर हकप्रद र बोनसको पछाडी मात्रै भागिराख्ने हो भने ती कम्पनीहरुले लगानीकर्तालाई कुनैपनि बेला डुबाउन सक्छन भन्ने देखिन्छ । 

तपाईले बजारका सूचकहरुको निकै राम्रो विश्लेषण गर्दै आउनुभएको छ । अहिले तपाई बजारलाई कसरी विश्लेषण गरिरहनु भएको छ ?
भर्खरै शुरु भएको बुलमार्केटको आयु अझै ४० महिना भन्दा बेसी छ । त्यो बीचमा साना ठूला करेक्सनहरु भइराख्छन् । बजारमा अलिकति करेक्सन आएपछि फेरी प्रवेश गर्न सकिन्छ । करेक्सन पनि कति हुने भन्ने कुराको आधारहरु हुन्छ । त्यसको विश्लेषण गर्न सकिन्छ । यदि बजार छोटो समयमा १ सय प्रतिशत बढेको छ भने त्यसमा ३० देखि ४० प्रतिशतको करेक्सन आउन सक्छ । त्यो कुरालाई ध्यानमा राख्नुपर्छ । लामो समयको लागि लगानी हो भने राम्रो कम्पनी जसको भोलीको दिनमा आम्दानी राम्रो हुन सक्छ ती कम्पनीहरुमा निर्धक्क भएर लामो समयको लागि लगानी गर्नुहोस् । यदि छोटो समयमा एक साता भित्र नाफा कमाउँछु भन्ने हो भने धेरै ठूलो जोखिम छ भन्ने पनि बुझ्नु पर्छ । 

त्यसो भए नेप्से परिसूचकमा करेक्सन हुन सक्ने सम्भावना कति छ ?
अहिलेको जुन सूचक हो । जुन छोटो समयमा यसरी बढीराख्यो यसमा केही करेक्सन हुन सक्ने सम्भावना आकलन गर्न सकिन्छ । त्यो करेक्सन भनेको लगभग २ सय देखि ३ सय सम्मको अपेक्षा छ । साथसाथै बैंकिङ सूचकलाई हेर्ने हो भने अन्य समूहको तुलनामा यसले आफ्नो ¥याली पुरा गरेको छैन भन्ने देखिन्छ । त्यो हिसाबले आकलन गर्ने हो भने धेरै ठूलो करेक्सन नहोला तर जुन अलि माथि चलेका समूह हुन तिनीहरु केही नाफा सुरक्षित भएर फेरी बैंकिङ समूहले नेतृत्व गर्ने सम्भावना पनि देखिएको छ । 

Top