बैंक खबर । एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई नेपाल सरकारले ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित गर्ने भएको छ । विशाल ग्रुपका उपाध्यक्ष समेत रहेका अग्रवाललाई संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीले ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित गर्ने घोषणा गर्नुभएको हो ।
अग्रवाल विगत पाँच दशक देखि नेपालको उद्योग, वाणिज्य तषा व्यापार क्षेत्रमा योगदान पु¥याउँदै आएका छन् । उनले सफल उद्योगीको रुपमा देशको आर्थिक तषा समाजिक विकासमा उल्लेखनीय योगदान दिदै आएकाछन् ।