logo
Blog single photo
January 25 2023

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन

बिमा खबर । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ । कम्पनीले यसअधि आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

तर नियाम निकाय नेपाल बिमा प्राधिकरणले संशोधन गर्न निर्देशन दिएपछि माघ १० गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले लाभांश संशोधन गरेको हो । 
सञ्चालक समितिले चुक्ता पूँजीको ६.९९ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.३६७९ प्रतिशत नगदा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 



All banking information at your fingertips

Top