सेयर बजार । अधिकांश समय रातो रहेको सेयर बजार परिसूचक नेप्से अन्तिममा बढेर बन्द भएको छ । मंगलबार सुरुदेखि नै रातो रहेको बजारले कारोबार समयको अन्त्यतिर रङ फेरेर बन्दहुँदा ८.१४ अंकको वृद्धि भएको छ । अन्तिम समयतिर नबिल बैंक, नेपाल टेलिकम र पुनर्बीमा कम्पनीको सेयरको माग बढेको थियो । नेप्से २१ सय ७३.२४ विन्दुमा पुगेको छ ।
तीन अर्ब तीन करोड रुपैयाँको सेयर कारोबार भएको छ । बैंकिङ, लगानी, उत्पादन तथा प्रशोधन र म्यूचुअल फण्ड उपसूचक घटेका छन् ।
All banking information at your fingertips