बैंक खबर । सेयर बजार परिसूचक नेप्से १३.७१ अंकले घटेर २१६५.१० विन्दुमा बन्द भएको छ । ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
४१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६६ कम्पनीको घटेको छ । ५ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबारमा आएका १४ समूहमध्ये बैंकिङ र म्यूचुअल फण्ड बाहेकका सबै घटेका छन् । बैंकिङ समूह १.०८ प्रतिशत र म्यूचअल फण्ड ०.६६ प्रतिशतले बढेका छन् ।
सोमबारको घटाइलाई विश्लेषकहरुले करेक्सन भनेका छन् । एक महिना अघि १८ सय ५० विन्दु आसपास रहेको बजार ४ सय अंकको वृद्धिपछि सामान्य करेक्सन देखाइरहेको रुपमा लिनुपर्ने विश्लेषण छ । कतिपयले करेक्सन फेज समाप्त भएपछि फेरी नयाँ उचाई लिनसक्ने अनुमान पनि गरेका छन् ।
वित्तीय प्रणालीमा तरलता सहज बन्दै गएको र ब्याजदर पनि घट्न थालेपछि सेयर बजारमा लगानीकर्ताको चहलपहल देखिन थालेको हो । यसले दैनिक कारोबार बढाइदिएको छ ।
All banking information at your fingertips.