logo
Blog single photo
January 23 2023

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ

अर्थतन्त्र । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरी पद तथा गोपनियताको शपथग्रहण गराएका हुन । 

म्याग्दीका स्थायी बासिन्दा श्रेष्ठलाई दाहालले यसअघि २०७३ सालमा प्रधानमन्त्री भएकाबेला पनि आयोगको उपाध्यक्ष बनाएका थिए । 
 



श्रेष्ठ नेपाल राष्ट्र बैैंकका पूर्वकर्मचारी पनि हुन । उनी राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । 

Top