logo
Blog single photo
January 16 2023

स्वावलम्बन लघुवित्तले माग्यो कर्मचारी

बैंक खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले केही संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तले वरिष्ठ प्रबन्धक (सूचना प्रविधि) १ जना, प्रबन्धक (चार्टर्ड एकाउन्टेन्ट) १ जना, सहायक प्रबन्धक (सूचना प्रविधि) २ जना, र सहायक प्रबन्धक (प्रशिक्षार्थी) ७ जना माग गरेको छ । 

योग्यता पुगेको उम्मेदवारले प्रथम पक सूचना प्रकाशन मिति २०७९ माघ २ गतेदेखि १५ दिनभित्र लघुवित्तले उल्लेख गरेको ठेगानामा दरखास्त दिन आव्हान गरेको छ । दरखास्त दिने अन्तिम मितिमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

आवेदन लघुवित्तको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा तोकिएका सम्पूर्ण कागजात सहित निवेदन पेश गर्नुपर्नेछ । 

लिखित परीक्षाका लागि सर्टलिस्टमा परेका आवेदकले लिखित परीक्षाको प्रवेशपत्र लिँदा एक हजार रुपैयाँ परीक्षा दस्तुर बुझाउनुपर्ने लघुवित्तले जनाएको छ ।



मुद्रा र पूँजीबजार सम्बन्धी सम्पूर्ण खबर : बैंकको खबर डटकम डटएनपी

Top