बैंक खबर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकार अर्थतन्त्र सुधार गर्ने लक्ष्य अनुरुप अगाडि बढेको बताएका छन् । उनले पूँजी बजारमा देखिएको सकारात्मक अपेक्षालाई विश्वासमा बदल्ने पनि बताएका छन् ।
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नवीनतम प्रविधिलाई आत्मसाथ गरेर अर्थतन्त्र सुधार गर्न लागि पर्ने बताएका हुन् ।
उनले अर्थतन्त्र सुधार गर्न संरचनागत परिवर्तन आवश्यक रहेको पनि बताए । युवालाई उत्पादनमा लगाउने र रेमिट्यान्सको उचित प्रयोग गर्ने विषयमा छलफल भइरहेको बताए ।
मुद्रा र पूँजीबजार सम्बन्धी सम्पूर्ण खबर : बैंकको खबर डटकम डटएनपी