logo
Blog single photo
January 04 2023

चालु पूँजी कर्जा मार्गदर्शन संशोधन, ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने (पूर्णपाठ)

राष्ट्र बैंक । कात्तिक १ गतेदेखि लागू भएको चालु पूँजी कर्जा सम्बन्धी मार्गर्शन संशोधन भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार पत्रकार सम्मेलन गरी चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको जानकारी गराएको छ । 

राष्ट्र बैंकले कात्तिक १ भन्दा अगाडि सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुलाई २०८२ असार मसान्तसम्ममा पाँच किस्तमा कर्जा भुक्तानी गर्न सकिने सुविधा दिएको छ । तर एक करोड रुपैयाँ भन्दा कमकौ कर्जाका लागि मार्गदर्शन आकर्षित हुनेछैन । यसअघि ५० लाख रुपैयाँ भन्दा कममा मार्गदर्शनमा भएका व्यवस्था लागू नहुने भन्ने थियो । 

छ महिनापछि लागू हुनेगरी सांशोधन गरिएको मार्गदर्शन अनुसार २०८२ असार मसान्तसम्म प्रत्येक ६/६ महिनामा किस्ता बुझाउनुपर्ने छ । 



चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ (पूर्णपाठ)

१. परिचय
इजाजतपत्रप्राप्त  बैंक  तथा  वित्तीय  संस्थाबाट  प्रदान  हुने  चालु पूँजी प्रकृतिका  कर्जाको  औचित्य,  प्रभावकारिता तथा  सदुपयोगिता सुनिश्चित  होस्  भन्ने  अभिप्रायले  यो  मार्गदर्शन  जारी  गरिएको  छ  ।  यो  मार्गदर्शनको कार्यान्वयनबाट  बैंक  तथा  वित्तीय  संस्थाबाट  प्रवाह  हुने  कर्जाको  सदुपयोगिता  सुनिश्चित  हुने,  सम्पत्तिको गुणस्तर सुदृढ एवं यथार्थपरक हुने र कर्जा जोखिम व्यवस्थापन प्रभावकारी हुने विश्वास गरिएको छ ।

२. उद्देश्य
इजाजतपत्रप्राप्त  बैंक  तथा  वित्तीय  संस्थाबाट  प्रदान  हुने  चालु पूँजी प्रकृतिका  कर्जाको  सीमा  निर्धारण  तथा अनुगमन  प्रक्रिया संस्थापिच्छे  फरक  फरक  हुँदा  विविधता  मात्र  नभई  चालुपँुजी  कर्जाको  लागि  ऋणीको क्षमताको  विश्लेषण  त्रुटीपूर्ण  र  कमजोर  हुने गरेको  र  निरीक्षण  तथा  सुपरिवेक्षणको  क्रममा  यस्ता  कर्जाको सदुपयोगिता यकीन गर्न  समेत कठिन हुने गरेकोले चालु पूँजी कर्जाको सीमा निर्धारण तथा अनुगमन कार्यको मूलभूत  विषयमा  एकरुपता  कायम  गर्नु,  कर्जा  स्वीकृति  प्रक्रिया  एवं  कर्जाको  उपयोगलाई पारदर्शी  बनाउनु  र कर्जा सदुपयोगिता यकीन गर्न सकिने आधारभूत पद्धति विकास गर्नु यस मार्गदर्शनको उद्देश्य रहेको छ ।

३. चालु पूँजी कर्जाको सीमा निर्धारण

३.१.    रु.१ करोडसम्मको चालु पूँजी कर्जाको सीमा निर्धारण

(क)     समग्र बैंकिङ्ग प्रणालीबाट कुल रु.१ करोड वा सोभन्दा कम चालु पूँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालु पूँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही चालु पूँजी कर्जाको सीमा निर्धारण गर्न सक्नेछन् । तर, चालु पूँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यसै मार्गदर्शन बमोजिम हुनु पर्नेछ ।

३.२.    रु.२ करोडसम्मको चालु पूँजी कर्जाको सीमा निर्धारण

(क)      फर्म/संस्था/कम्पनीलाई  एक  वा  एकभन्दा  बढी  बैंक  तथा  वित्तीय  संस्थाबाट  प्रवाह  हुने  कुल  रु.२ करोड   वा  सोभन्दा   कम रकमको   चालु पूँजी   कर्जाको   सीमा   निर्धारण   गर्दा   अनुमानित   वार्षिक कारोबार÷बिक्रीको  अधिकतम  २०  प्रतिशतले  हुन आउने रकमसम्म  मात्र  कुल  चालुपूँजी  कर्जा  सीमा कायम  गर्नुपर्दछ  ।  यस्तो  कर्जाको  अवधि  १  वर्ष  वा  सोभन्दा  कम  हुनुपर्नेछ  र यस्तो कर्जा  सीमा नवीकरण योग्य हुनेछ ।
तर, इजाजतपत्रप्राप्त संस्थाले उद्यम व्यवसायको Operating Cycle, Cash Conversion Cycle, Days Sales Outstanding, Inventory Conversion Period, Lead Time, Accounts Payble Period आदिको विश्लेषण  गर्दा  विशेष  प्रकृतिको  आवश्यकता देखेमा  कर्जा  फाइलमा  सो  कारणहरु उल्लेख  गरी  अनुमानित  वार्षिक कारोबार/बिक्रीको  अधिकतम  ४०  प्रतिशतले  हुन  आउने रकमसम्म कुल चालू पूँजी कर्जा सीमा कायम गर्न सक्नेछन् ।

(ख)  बैंक तथा वित्तीय संस्थाले चालू पुँजी कर्जाको सीमा स्वीकृत गर्नु अघि फर्म/संस्था/कम्पनीको चालूसम्पत्तिको  परीक्षण  तथा मूल्याङ्कन  गरी  कर्जा  सीमा  र  Drawing Power   को  यथार्थपरक विश्लेषण गर्नुपर्दछ । यस्तो विश्लेषणबाट प्राप्त  Drawing Power को आधारमा कर्जा  प्रवाहको सीमा निर्धारण गर्नुपर्दछ ।

३.३     रु.२ करोडभन्दा बढी चालू पूँजी कर्जाको सीमा निर्धारण

(क)      फर्म/संस्था/कम्पनीलाई  एक  वा  एकभन्दा  बढी  बैंक  तथा  वित्तीय  संस्थाबाट  प्रवाह  हुने  कुल  रु.२ करोडभन्दा  बढी रकमको चालु पूँजी  कर्जाको  सीमा  निर्धारणका  लागि  चालु पूँजी आवश्यकताको विश्लेषण  गर्दा  Permanent Working Capital Need  र Fluctuating Working Capital Need को पहिचान गर्नुपर्दछ ।

(ख)     Fluctuating Working Capital Need  को  लागि  अनुमानित  वार्षिक  कारोबार÷बिक्रीको  अधिकतम २५  प्रतिशतले  हुन  आउने रकमभन्दा  बढी  नहुने  गरी  कर्जा  सीमा  स्वीकृत  गर्नुपर्दछ  ।  यस्तो  कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरण योग्य हुनेछ ।

(ग)      बैंक तथा वित्तीय संस्थाले Permanent Working Capital Need को लागि ३ देखि १० वर्षको आवधिक  प्रकृतिको  कर्जा  प्रदान  गर्नुपर्दछ  ।  यस  कर्जाको  लागि  उपबुँदा  (ख)  बमोजिमको सीमा लागु हुनेछैन ।

(घ)      चालु पूँजी प्रयोजनको  आवधिक  कर्जाको  सीमा  निर्धारण  गर्दा  कम्तीमा  ३  वर्षको  अनुमानित वित्तीय  विवरण  र  कम्तीमा  ३  वर्षको  लेखापरीक्षण  भएको  विवरणको  विश्लेषण  गरी  आप्mनो चालु पूँजी कर्जासम्बन्धी नीतिबमोजिम गर्नुपर्दछ ।

(ङ)       व्यावसायिक  कारोबार  सुरु  भएको  ३  वर्षभन्दा  कम  अवधि  भएका  वा  नयाँ  फर्म/संस्था/कम्पनीको हकमा  अनुमानित सञ्चालन  खर्च,  एवं  अनुमानित  नगद  तथा  कोष  प्रवाहका  आधारमा  बैंक  तथा वित्तीय संस्थाले आफ्नो चालु पूँजी कर्जासम्बन्धी नीतिबमोजिम सीमा निर्धारण गर्न सक्नेछन् ।

(च)      बैंक  तथा  वित्तीय  संस्थाले  चालु पूँजी कर्जाको  सीमा  स्वीकृत  गर्नु  अघि  फर्म/संस्था/कम्पनीको  चालू सम्पत्तिको  परीक्षण तथा  मूल्याङ्कन  गरी  कर्जा  सीमा  र  Drawing Power को  यथार्थपरक  विश्लेषण गर्नुपर्दछ  ।  यस्तो विश्लेषणबाट  प्राप्त Drawing Power को  आधारमा  कर्जा  प्रवाहको  सीमा  निर्धारण गर्नुपर्दछ ।

३.४      इजाजतपत्रप्राप्त  संस्थाले  चालु पूँजी कर्जाको  आवश्यकता  विश्लेषण  गर्दा  रु.२  करोडभन्दा  कम  चालु पूँजी कर्जा  उपयोग  गर्ने ऋणीको  हकमा  समेत  Permanent Working Capital Need पहिचान भएमा  कुल  रु  २  करोडको  सीमाभित्र  रही Fluctuating Working Capital Need को  लागि  १ वर्षभन्दा  कम  अवधिको  कर्जा  तथा  Permanent Working Capital Need  को  लागि  ३  देखि १० वर्षको आवधिक प्रकृतिको चालु पूँजी कर्जा प्रदान गर्न सक्नेछन् ।

४.  चालू पुँजी कर्जा सीमा नवीकरणसम्बन्धी व्यवस्था 

४.१    ऋणीको लेखापरीक्षण  भएको वित्तीय विवरण, चालु सम्पत्ति तथा  चालु दायित्वसम्बन्धी यथार्थ  विवरण साथै  कर्जा  सदुपयोगिता तथा  चालु पूँजी आवश्यकताको  विश्लेषणका  आधारमा  मात्र  चालु पूँजी प्रकृतिका कर्जाको सीमा नवीकरण गर्नुपर्दछ ।

४.२     चालु पूँजी कर्जा   सीमा   नवीकरण   गर्दा   लिइने   शुल्क,   ब्याजदर   निर्धारण   तथा   सुरक्षणसम्बन्धी विवरणका  साथै नवीकरण  गर्न  नमिल्ने  आधार  र  अवस्थाको  बारेमा  ऋणीलाई  कर्जा  प्रस्ताव  पत्रमा पूर्ण जानकारी उपलब्ध गराउनु पर्दछ ।

४.३    कर्जा सीमा नवीकरण गर्दा बुँदा नंं ७ को Variance सम्बन्धी व्यवस्थाको पालना गर्नुपर्दछ ।

५.   सुरक्षणसम्बन्धी व्यवस्था

५.१    चालु पूँजी कर्जा  ऋणीको  चालुपूँजीको  आवश्यकताको  लागि  भएकोले  यस्तो  कर्जा  चालुसम्पत्तिको सुरक्षणबाट  सुरक्षित हुनुपर्दछ  ।  इजाजतपत्रप्राप्त  संस्थाको  चालुपूँजी  कर्जासम्बन्धी  नीतिले  कर्जा सुरक्षणको लागि आवश्यक पर्ने चल सम्पत्तिको मात्रा तथा मार्जिन स्पष्ट खुलाउनु पर्दछ ।

५.२    चालु पूँजी कर्जाको  सुरक्षणका  लागि  एभिमनभ  वा ज्थउयतजभअबतष्यल  जस्ता  सुरक्षण,  कर्जा  तमसुक, प्रतिज्ञापत्र, बीमालेख लगायत अन्य आवश्यक सुरक्षण लिएर कर्जा लगानी गर्नुपर्दछ ।

५.३    चालु पूँजी  कर्जाको  लागि  चल  सम्पत्तिबाहेक  अन्य  कुनै  पनि  प्रकारको  स्थिर  र÷वा  अचल  सम्पत्ति (जस्तैः घर, जग्गा आदि) सुरक्षण आवश्यक हुने छैन ।

५.४     बीमा  गरिएको  चालुसम्पत्तिको  पहिलो  दाबी  कर्जा  प्रवाह  गर्ने  बैंक  तथा  वित्तीय  संस्थाको  हुनु  पर्नेछ  । बीमा  दाबी भुक्तानीबाट प्राप्त  रकम  कर्जा  नियमित  भएको  अवस्थामा  मात्र  बैंक  तथा  वित्तीय  संस्थाले ऋणीलाई रकमान्तर गर्न सक्नेछन् ।

६.    चालु पूँजी कर्जाको अनुगमन तथा व्यवस्थापन

६.१      बैंक तथा वित्तीय संस्थाले कम्तीमा ३ महिनामा एकपटक चालु सम्पत्ति र चालु दायित्वको अनिवार्य निरीक्षण  गरी  सोको प्रतिवेदन  कर्जा  फाइलमा  अद्यावधिक  गरी  राख्नुपर्दछ  ।  यस्तो निरीक्षण  वर्षको एक पटक आकस्मिक रुपमा गर्नुपर्दछ ।

६.२      बैंक  तथा  वित्तीय  संस्थाले  निरीक्षणको  क्रममा  मौज्दातमा  रहेको  मालसामानको  परीक्षण  गर्नुका साथै भ्याट  रजिष्टर, अन्तशुल्क  रजिष्टर,  आसामी  खाता  तथा  साहू  खाता  आदिको  परीक्षण  गर्नुपर्दछ  । मालसामानको परीक्षण गर्दा  गुणस्तर तथा बजारमा बिक्री हुने सम्भावनालाई समेत ध्यान दिनु पर्दछ । निरीक्षणको  क्रममा  चालु सम्पत्ति  र  चालु दायित्वको  विश्लेषण  गरी  चालु पूँजी  कर्जाको  बक्यौतासँग तादात्म्यता भए नभएको परीक्षण गरी ग्राहकको कर्जा फाइलमा अद्यावधिक गर्नुपर्दछ । 

६.३ मौज्दात रहेको सामानको निरीक्षण गर्दा कर्जा सदुपयोग भएको नपाइएमा कर्जालाई खराब वर्गमा वर्गीकरण   गरी   शतप्रतिशत   कर्जा  नोक्सानी   व्यवस्था   कायम   गरी   असुलीको   प्रक्रिया   अगाडि बढाउनुपर्दछ ।

६.४    ऋणीको  चालुसम्पत्ति  र  चालुदायित्वको  देहाय  बमोजिमको  विवरण  कर्जा  फाइलमा  अद्यावधिक  गरी राख्नुपर्दछ ः
(क)    रु.५  करोडसम्मको  चालु पूँजी  कर्जाको  हकमा  ग्राहक  स्वयंबाट  प्रमाणित  त्रैमासिक विवरण ।
(ख)    रु.५    करोडभन्दा    बढी    चालू    पूँजी    कर्जाको    हकमा    ऋणी    संस्थाको    आन्तरिक    लेखा परीक्षणबाट प्रमाणित अर्धवार्षिक विवरण ।

६.५.      ऋणीले   मालसामान   राखेको   स्थान,   पसल,   गोदाम   वा   उद्योगमा   अनिवार्य  रुपमा   फर्म/संस्था/कम्पनीको   नाम,  धितो   रहेको   स्थलको   ठेगाना,   दर्ता   नम्बर   र   धितो   रहेको   बैंक   तथा   वित्तीय संस्थासम्बन्धी व्यहोरा सहितको सूचना पाटी (बोर्ड) सहजै हटाउन नसकिने गरी राखेको हुनुपर्दछ ।

६.६    एउटा  बैंक  वा  वित्तीय  संस्थाले  धितोको  रुपमा  स्वीकार  गरेको  मालसामान  वा  आसामीको  चालू सम्पत्तिलाई   अन्य   बैंक   तथा   वित्तीय   संस्थाले   धितोको   रुपमा   स्वीकार   गर्न   पाइने   छैन   ।   तर, सहवित्तीयकरण  कर्जा  वा पारीपासु सम्झौता भएको कर्जाको  हकमा  बैंक  तथा  वित्तीय  संस्थाले  संयुक्त धितोको रुपमा स्वीकार गर्न सक्नेछन् ।

६.७      बैंक  वा  वित्तीय  संस्थाले  कर्जा  प्रवाह  वा  नवीकरण  गर्दा  धितोको  रुपमा  स्वीकार  गरेको  चल  सम्पत्तिको विवरण  सुरक्षित कारोबार  दर्ता  कार्यालयमा  दर्ता  गराउनु  पर्दछ  ।  बैंक  तथा  वित्तीय  संस्थाले  चल सम्पत्तिलाई  धितो  स्वीकार  गर्नुपूर्व  सुरक्षित कारोबार  दर्ता  कार्यालयबाट  विवरण  लिई  अन्य  बैंक  तथा वित्तीय संस्थामा धितो नरहेको यकीन गरेर मात्र धितोको रुपमा स्वीकार गर्नुपर्दछ ।

६.८      बैंक  तथा  वित्तीय  संस्थाले  चालुपुँजी  कर्जा  स्वीकृत  गर्दा  धितोमा  रहने  मालसामानमा  हुनसक्ने जोखिमको  विश्लेषणको आधारमा  अनिवार्य  बीमा  गर्ने  व्यवस्था  मिलाएको  हुनुपर्दछ  । बीमा  पोलीसीको म्याद  सकिनुभन्दा  कम्तिमा  १५  दिनअघि  नै  बैंक तथा  वित्तीय  संस्थाले  सम्बन्धित  ऋणीलाई  बीमा पोलिसी  नवीकरण  गर्न  जानकारी  गराउनुपर्दछ  ।  बीमा  पोलीसीको  म्याद  सकिन १  दिन  बाँकी हुँदासम्म  पनि  ऋणीले  बीमा  पोलीसी  नवीकरण  नगरेमा  बैंक  तथा  वित्तीय  संस्थाले  कर्जा  खाताबाट खर्च  गरी अनिवार्य  बीमा  नवीकरण  गरेको  हुनुपर्दछ  ।  बीमा  गर्नु  नपर्ने  वा  बीमा  गर्दा  कुनै  जोखिम समावेश गर्नु नपर्ने कुनै कारण भएमा कर्जा स्वीकृत गर्दा अनिवार्य रुपमा उल्लेख गरेको हुनुपर्र्दछ ।

६.९      इजाजतपत्रप्राप्त संस्थाले ऋणीको चालू सम्पत्ति र चालू दायित्वको विवरण Core Banking System वा  उपयुक्त Management Information System (MIS) मा  समावेश  गरी  निरन्तर  अनुगमन  हुने प्रणालीको विकास गर्नुपर्दछ ।

७.   Variance  सम्बन्धी व्यवस्था
७.१
    ऋणीले  पेश  गरेका  अनुमानित  वित्तीय  विवरण  यथार्थपरक  रहे  नरहेको  सम्बन्धमा  विस्तृत   विश्लेषण गरी वास्तविकताको नजिक हुने विवरणलाई आधार मानी चालू पुँजी कर्जा सीमा स्वीकृत गर्नुपर्दछ ।

७.२ अनुमानित वित्तीय वार्षिक रुपमा लिइ विश्लेषण गर्नुपर्दछ । एकपटक विश्लेषण गरी कर्जा स्वीकृत  भई  सकेपश्चात  लेखापरीक्षण भएको  वित्तीय  विवरण  प्राप्त  नभएसम्म  पुनः  अर्को  अनुमानित वित्तीय विवरणको आधारमा कर्जा सीमा पुनरावलोकन गर्न पाइने छैन ।

७.३     लेखापरीक्षण  भएको  वित्तीय  विवरण  र  कर  चुक्ता  विवरण  एक  आपसमा  मेल  खाए  नखाएको  यकीन तथा  अनुमानित वित्तीय  विवरण  यथार्थपरक  भए  नभएको  सम्बन्धमा  विश्लेषण  गरी  कर्जा  फाइलमा अद्यावधिक गर्नुपर्दछ ।

७.४    लेखापरीक्षण  भएको  यथार्थ  वित्तीय  विवरण  प्राप्त  भएपश्चात  सो  विवरण  सोही  अवधिको  अनुमानित विवरणसँग भिडाई Variance Analysis गर्नुपर्दछ ।

७.५    ऋणीको  चालुपुँजी  कर्जा  नवीकरण  तथा  चालुपुँजी  प्रयोजनको  आवधिक  कर्जा  पुनरावलोकन  गर्दा उपबुँदा  ७.४  अनुसार गरिएको  Variance Analysis लाई  आधार  लिई  कर्जा  सीमा  समायोजन  गरेर मात्र कर्जा नवीकरण तथा पुनरावलोकन गर्नुपर्दछ ।

७.६     उपबुँदा  ७.४  अनुसार  गरिएको  Variance Analysis  मा  ऋणीको  यथार्थ  कारोबार  रकम  अनुमानित कारोबारभन्दा  २० प्रतिशतभन्दा  बढीले  कम  भएको  पाइएमा  ग्राहकको  चालु पूँजी कर्जाको  सीमा देहायबमोजिम समायोजन गर्नुपर्दछ :

चालू पुँजी कर्जा सीमा = (अनुमानित कारोवार x तोकिएको कर्जा सीमा प्रतिशत*) x (१ – ०.५० x Variance**)
            * तोकिएको कर्जा सीमा प्रतिशत भन्नाले कर्जा स्वीकृत गर्दा अनुमानित कारोवार रकमलाई आधार
              मानी तोकिएको प्रतिशत बुझ्नु पर्दछ ।

          ** Variance भन्नाले लेखापरीक्षण भएको यथार्थ विवरण र अनुमानित विवरणको ऋणात्मक फरक प्रतिशतलाई जनाउँदछ र यस सूत्रमा खबचष्बलअभ दशमलबमा गणना गर्नुपर्दछ । 

             आ.व. २०७७/७८                                          आ.व. २०७७/७८                                      आ.व. २०७८/७९
          अनुमानित कारोबार                              लेखापरीक्षण भएको कारोबार                          अनुमानित कारोबार

              रु ५ करोड                                                रु ३ करोड                                                       रु ७ करोड

Variance ४० प्रतिशत (Variance = (३-५)/५ = -०.४०) देखिएको । 

ऋणीको कारोबार अनुमानित कारेबारभन्दा ४० प्रतिशतले कम भएको देखिएकोले आ.व. २०७८/७९ को चालूपुँजी कर्जा सीमा निर्धारण गर्दा सो Variance अनुसार समायोजन गर्नुपर्ने हुन्छ ।
त्यसैले,
चालू पुँजी कर्जा सीमा = (रु ७ करोड x ०.२०) x (१-०.५०x०.४०)
= रु १.१२ करोड हुनुपर्दछ ।

यदि लेखापरीक्षण भएको कारोबार रकम रु ४ करोड भएको भए Variance २० प्रतिशत मात्र हुन्थ्यो र यो अवस्थामा Variance लाई समायोजन नगरी कर्जा सीमा निर्धारण (रु ७ करोड x ०.२०) गर्दा रु १.४ करोड हुन आउँथ्यो । 

७.७ Permanent Working Capital Need को लागि प्रदान गरिएको आवधिक कर्जाको सीमासमेत Variance Analysis लाई आधार मानी पुनरावलोकन गर्नुपर्दछ । विगत ३ वर्षको लेखापरीक्षण भएको वार्षिक कारोबार रकम अनुमानित रकमभन्दा औसतमा २५ प्रतिशतभन्दा बढीले कम भएको पाइएमा उपबुँदा ७.६ बमोजिम आवधिक कर्जाको सीमा समेत पुनरावलोकन गर्नुपर्दछ । आवधिक कर्जाको सीमा घट्न जाने भएमा ऋणीलाई १ वर्षको समय दिई बढी प्रवाह भएको कर्जा चुक्ता गर्न लगाउनु पर्दछ ।

८. चालू पुँजी कर्जा सदुपयोगितासम्बन्धी व्यवस्था 
८.१ चालूपुँजी कर्जाको रकम व्यावसायिक प्रयोजनको लागि मात्र प्रयोग भएको यकीन गर्नुपर्दछ । उक्त रकम व्यावसायिक प्रयोजनबाहेक असम्बन्धित व्यक्ति वा साझेदार/प्रोप्राइटर/संचालक/ कर्मचारीलाई भुक्तानी गर्न वा रकमान्तर गर्न पाइने छैन । यसरी भुक्तानी गरेको पाइएमा सम्पूर्ण चालू पँुजी कर्जालाई खराब वर्गमा वर्गीकरण गरी शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्दछ । 

८.२ चालू पुँजी प्रकृतिको कर्जा उपयोग गर्ने ऋणीको चल्ती खाता र कर्जा खाता छुट्टाछुट्टैसंचालन गर्नुपर्नेछ । 

८.३ ऋणीको व्यवसायको सम्पूर्ण Revenue वा Sales Proceed इजाजतपत्रप्राप्त संस्थामा रहेको चल्ती खातामा जम्मा गर्ने व्यवस्था गर्नुपर्नेछ । साथै, ऋणीले आप्mनो आवश्यकताअनुसार चल्ती खाताको रकम कर्जा खातामा रकमान्तर गर्न बैंकलाई Standing Instruction दिन सक्नेछन् । बैंक तथा वित्तीय संस्थाले ऋणीबाट प्राप्त Standing Instruction अनुरुप चल्ती खाताबाट कर्जा खातामा स्वतः रकम जम्मा हुने व्यवस्था गर्नुपर्नेछ । 

८.४ कर्जा रकम व्यावसायिक प्रयोजनका लागि कर्जा खाताबाट सोझै रकमान्तर गरेर मात्र कारोबार गर्नुपर्दछ । मासिक रुपमा कर्जा सीमाको दुई प्रतिशतभन्दा बढी रकम सोझै वा अन्य खातामा रकमान्तर गरेर नगद झिक्न पाइनेछैन ।

८.५ चालू पुँजी कर्जाको रकमबाट कुनै पनि प्रकारको कर्जाको प्रयोजन/प्रयोगसँग असम्बन्धित भुक्तानी (किस्ता/साँवा/ब्याज/अन्य शुल्क) गर्न पाइनेछैन । चालू पुँजी कर्जाको रकमबाट कुनै पनि किसिमको कर्जा भुक्तानी भएको पाइएमा जुन कर्जा भुक्तानी भएको हो सो कर्जा भुक्तानी नभएकोमानी प्रचलित व्यवस्थाबमोजिम कर्जा वर्गीकरण गर्नुपर्ने र भुक्तानी भएकोरकम पुनः चालू पुँजी कर्जा खातामा फिर्ता गर्ने व्यवस्था गर्नुपर्दछ । तर, प्रतीतपत्र खोल्दाका बखत स्वीकृत गरिएको चालू पुँजी कर्जा प्रवाह गरी आयातसँग सम्बन्धित कर्जा चुक्ता गर्न सकिनेछ । 

८.६ नवीकरण हुने प्रकृतिका सम्पूर्ण चालू पुँजी कर्जा खाता आर्थिक वर्षको कुनै एक समयमा उद्योग÷व्यवसायको प्रकृतिअनुसार कम्तीमा लगातार ७ दिन शून्य बक्यौता कायम भएको हुनुपर्दछ । 
तर, यो व्यवस्था मार्गदर्शन लागु भएको मितिबाट ३ वर्षसम्म देहायबमोजिम कार्यान्वयन गर्न सकिनेछ : 
(क) पहिलो वर्षको लागि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको ३० प्रतिशतभन्दा कम वक्यौता कायम गर्न सक्नेछन् ।
(ख) दोस्रो वर्षको लागि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको २० प्रतिशतभन्दा कम वक्यौता कायम गर्न सक्नेछन्। 
(ग) तेस्रो वर्षको लागि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको १० प्रतिशतभन्दा कम वक्यौता कायम गर्न सक्नेछन्। 

९. चालू पुँजी कर्जा नीतिसम्बन्धी व्यवस्था 
इजाजतपत्रप्राप्त संस्थाले चालूपुँजी कर्जा नीति र कार्यविधि सञ्चालक समितिबाट स्वीकृत गरी कार्यान्वयन गर्नुपर्दछ । उक्त नीति तथा कार्यविधिले उपर्युक्तबमोजिमका व्यवस्थाका अलावा अनिवार्य रुपमा देहायका विषय समेटेको हुनुपर्दछ ः 
(क) चालू पुँजी कर्जाको प्रकार, सीमा, ब्याजदर, अवधि, नवीकरण र पुनरावलोकन लगायतका विषय, 
(ख) चालू पुँजी कर्जाको भुक्तानी तालिका र असुली प्रक्रियाको विषय, 
(ग) ऋणीको Drawing Power गणना, कर्जा प्रवाह तथा अनुगमन गर्ने पद्धति र समय तालिका, 
(घ) कर्जा स्वपुँजी अनुपात, 
(ङ) प्रतिबद्धता शुल्क, 
(च) ऋण प्रदान गर्ने संस्थालाई ग्राह्य हुने ऋणीको Current Ratio,
(छ) ऋणीको कर्जा सदुपयोगिताको अनुगमन गर्ने पद्धति र समय तालिका, 
(ज) कर्जा सदुपयोग नभई निर्धारित उद्देश्यभन्दा अन्यत्रै कर्जाको प्रयोग भएको पाइएमा कर्जालाई खराब वर्गमा वर्गीकरण गर्ने, कर्जा नोक्सानी व्यवस्था गर्ने र कर्जा असुलउपर गर्नेसम्बन्धी विषय, 
(झ) ऋणीको स्थलगत निरीक्षणको क्रममा मालसामान तथा चालू सम्पत्तिले बक्यौता कर्जा नखाम्ने देखिएमा वा आवश्यकताभन्दा बढी कर्जा प्रदान भएको देखिएमा सो नियमित गर्न ऋणीलाई दिइने समयावधि र कर्जा जोखिम व्यवस्थापनका लागि चालिने कदम र 
(ञ) उपबुँदा ९.९ को अवस्था ३ पटकभन्दा बढी दोहोरिएमा कर्जालाई खराब वर्गमा वर्गीकरण गर्ने, कर्जा नोक्सानी व्यवस्था गर्ने र कर्जा असुलउपर गर्नेसम्बन्धी विषय । 

१०. अन्य व्यवस्था 
१०.१ चालूपुँजी कर्जाका प्रकार अनुसूची १ मा उल्लेख गरेबमोजिम मात्र हुनुपर्दछ । ऋणीको व्यवसायको प्रकृतिअनुसार कुन कर्जा प्रदान गर्ने भन्ने सम्बन्धमा सम्बन्धित संस्थाको चालू पुँजी कर्जा नीतिअनुसार निर्णय हुनुपर्दछ । 

१०.२ चालू पुँजी कर्जा सीमा निर्धारण गर्दा कर्जा स्वपुँजी अनुपात प्रचलित निर्देशनअनुसार अनुपालना गर्नुपर्दछ । 

१०.३ ऋणीको सोही संस्थामा वा अन्य संस्थामा रहेको कुनै पनि कर्जा चुक्ता गर्ने प्रयोजनका लागि कुनै पनि किसिमको कर्जा प्रदान गर्न वा सीमा थप गर्न पाइनेछैन । तर, ऋणीको व्यवसायसँग सम्बन्धित कुनै प्रयोजनका लागि अप्रत्याशित रुपमा वित्तीय स्रोतको आवश्यकता भएमा सम्बन्धित प्रयोजनमा सोझै रकमान्तर हुने गरी आकस्मिक प्रकृतिको adhoc चालूपुँजी कर्जा प्रदान गर्न बाधा पर्ने छैन । यस्तो कर्जा नवीकरण भएको वा उद्देश्यबमोजिम प्रयोग भएको नपाइएमा सो कर्जालाई खराब वर्गमा वर्गीकरण गरी शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्दछ । कुनै ऋणीलाई एक आर्थिक वर्षमा एक पटकभन्दा बढी आकस्मिक प्रकृतिकोबमजयअ कर्जा आवश्यक परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी यस्तो कर्जा प्रदान गर्न सक्नेछ । 

१०.४ कुनै पनि कारणले चालू पुँजी कर्जा स्वीकृत भएको ६ महिनाभित्र सीमा पुनरावलोकन गर्न पाइने छैन । अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा सारिएको वा Credit Purchase/Takeover भएको भएमा समेत यो व्यवस्था लागूहुनेछ । 

१०.५ ऋणीले चालू पुँजी कर्जाको प्रयोग गरी पुँजीगत खर्च नगरेको वा स्थिर सम्पत्ति सिर्जना नगरेको सम्बन्धमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले यकीन गरेको हुनुपर्दछ । यदि कुनै किसिमको पुँजीगत खर्च गरेको वा स्थिर सम्पत्ति सिर्जना गर्ने जस्ता कार्यमा खर्च गरेको पाइएमा कर्जालाई खराब वर्गमा वर्गीकरण गरी शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्दछ । 

१०.६ ऋणीले निर्धारित शर्तअनुसार कच्चा पदार्थको भुक्तानी नदिएको पाइएमा बैंक तथा वित्तीय संस्थाले त्यस्तो भुक्तानी हुन बाँकी कच्चा पदार्थलाई चालूसम्पत्तिको रुपमा गणना गर्न पाइनेछैन । 

१०.७ ऋणीले आफ्ना कानूनी दायित्वहरु जस्तैः कर्मचारीको तलब, सामाजिक सुरक्षाको रकम, कर, राज्यलाई बुझाउनुपर्ने अन्य शुल्क आदि समयमा भुक्तानी गरे नगरेको सम्बन्धमा ऋणीसँग स्वघोषणा लिने र सोप्रति आश्वस्त हुनको लागि आवश्यकताअनुसार अन्य विवरण माग गरेर मात्र कर्जा नवीकरण वा पुनरावलोकन गरेको हुनुपर्दछ । 

१०.८ इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले चालूपुँजी कर्जा स्वीकृत गर्नुअघि ऋणीको कर्जा सूचना लिई अन्य संस्थाबाट रु १ करोडभन्दा बढी कर्जा उपयोग भएको देखिएमा ती संस्थाबाट No Objection पत्र लिएर मात्र कर्जा प्रवाह गर्नुपर्दछ । No Objection पत्र प्रदान गर्ने संस्थाले सोसँग सम्बन्धित पत्र प्राप्त गरेको ५ कार्य दिनभित्र No Objection पत्र वा सो पत्र उपलब्ध नगराउने भए सोसम्बन्धी जानकारी पत्र उपलब्ध गराउनुपर्दछ । 

१०.९ इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले ऋणीको कर्जा सूचना लिई समग्र बैंकिङ प्रणालीबाट उपयोग भएको कर्जासम्बन्धी विवरण यकीन गरी अर्धवार्षिक रुपमा अद्यावधिक गर्नुपर्दछ । 

१०.१० ग्राहकले एकभन्दा बढी इजाजतपत्रप्राप्त संस्थाबाट कुल रु. १० करोड वा सोभन्दा बढी रकमको चालू पुँजी प्रकृतिको कर्जा उपयोग गर्ने/गरेको देखिएमा त्यस किसिमकोकर्जा प्रवाह÷नवीकरण गर्नुअघि कर्जा प्रवाह गर्ने संस्थाहरु बीच एक आपसमा पारीपासु सम्झौता भएको हुनुपर्दछ । कर्जा असुली नभएको खण्डमा अपनाइने कर्जा असुली, धितो लिलामी तथा विवाद समाधानसम्बन्धी व्यवस्था समेत उक्त सम्झौतामा उल्लेख गर्नुपर्दछ । 

१०.११ एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट चालूपुँजी कर्जा उपयोग गरिरहेको ऋणीको कारोबारमा कुनै किसिमको समस्या देखिएमा, कर्जा दुरुपयोग भएको पाइएमा वा नियमित भुक्तानी नभएमा बैंक तथा वित्तीय संस्थाले अविलम्ब यस्तो सूचना एक आपसमा आदान प्रदान गर्नुपर्दछ । 

१०.१२ प्रत्येक त्रयमासको अन्तिम महिना (असोज, पुस, चैत, असार) मा चालूपुँजीको सीमा वृद्धि गर्न र पुराना ऋणीलाई कुनै पनि शिर्षकमा नयाँ चालूपुँजी कर्जा स्वीकृत गर्न पाइनेछैन । साथै, कर्जाको ब्याज÷साँवा भुक्तानीको लागी चालू पुँजी कर्जा खाता खर्च गरी असूल गर्न पाइने छैन । यी महिनाहरुमा कर्जा नवीकरण गर्न तथा स्वीकृत सीमा भित्रको कर्जा प्रवाह गर्न यस व्यवस्थाले बाधा पर्ने छैन । 

१०.१३ ऋणीको वित्तीय अवस्था र नगद प्रवाहसम्बन्धी समस्या नभएको अवस्थामा पनि समयमा कर्जा भुक्तानी नहुने प्रवृत्ति देखिएमा एवं कर्जाको प्रयोग अन्यत्रै गरी निर्धारित समयमा कर्जा भुक्तानी नगरेमा त्यस्ता ऋणीलाई नियतवश कर्जा नतिर्ने ऋणीको रुपमा पहिचान गरी कर्जालाई खराब वर्गमा वर्गीकरण गरी शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्दछ र ऋणीलाई कालोसूचीमा राख्नु पर्दछ । 

१०.१४ लेखापरीक्षकबाट प्रमाणित वित्तीय विवरणमा उल्लेख्य त्रुटि देखिएमा वा झुट्टा विवरण पेश भएको पाइएमा यससम्बन्धी उजुरी बैंक तथा वित्तीय संस्थाले नेपाल चार्टर्ड एकाउन्टेन्टस्संस्थामा अबिलम्ब दर्ता गर्नुपर्दछ । 

१०.१५ “ख” र “ग” वर्गका वित्तीय संस्थाले चालू सम्पत्ति हाइपोथिकेशन गरी कर्जा प्रवाह गर्न पाउने छैनन्। 

१०.१६ ग्राहकको चालू पुँजी कर्जा सीमा निर्धारण गर्दा पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न हुन बाँकी भएको स्पष्ट कारणसहित ग्राहकले त्यस्तो वित्तीय विवरण पेश गर्न नसक्ने निवेदन दिएमा त्यस्तो वित्तीय विवरण पेश गर्न मनासिब माफिकको समय दिन सकिनेछ । लेखापरीक्षण भएको वित्तीय विवरण प्राप्त हुनासाथ Variance गणना गरी आवश्यकताअनुसार सीमा समायोजन गर्नुपर्दछ । 

१०.१७ चालू पुँजी प्रयोजनका लागि प्रदान गरिएको आवधिक कर्जा ऋणीले चुक्ता गर्न चाहेमा बैंक तथा वित्तीय संस्थाले अग्रिम भुक्तानी शुल्क (Prepayment charges) लिन पाउने छैनन् । तर, अन्य बैंक तथा वित्तीय संस्थामा कर्जा सारिएको वा Credit Purchase/Takeover भएको भएमा यो व्यवस्था अनिवार्य हुनेछैन । 
 

१०.१८ मार्गदर्शन कार्यान्वयन सम्बन्धमा : 
(क) चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागु भएको मिति २०७९/०७/०१ पूर्व प्रवाह भएका चालु पुँजी कर्जाहरुलाई यस मार्गदर्शनअनुसार पहिलो पटक पुनरावलोकन वा नवीकरणको सिलसिलामा कर्जा सीमाहरुलाईFluctuating Working Capital तथा Permanent Working Capital अन्तर्गतका शीर्षकमा मिलान गर्दा कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनरतालिकिकरण वा पुनरसंरचना भएको मानिने छैन । 

(ख) चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागु भएको मिति २०७९/०७/०१ पूर्व प्रवाह भएका चालु पुँजीकर्जाहरुलाई यस मार्गदर्शनअनुसार पहिलो पटक पुनरावलोकन वा नवीकरण गर्नुपर्दा मार्गदर्शनले तोकेको सीमाभन्दा बढि कर्जा प्रवाह भएको अवस्थामा त्यस्तो रकमलाई २०८२ असार मसान्तसम्म देहायबमोजिम अर्धवार्षिक रुपमा भुक्तानी हुने गरी आवधिक कर्जा शीर्षकमा मिलान गर्नुपर्नेछ । यसरी गरिएको कर्जा समायोजनलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनरतालिकीकरण वा पुनरसंरचना मानिने छैन । यस्तो कर्जाको अवधि, भुक्तानी तालिका, तथा किस्ता रकम परिवर्तन गर्न पाइने छैन । साथै, यस्तो आवधिक कर्जा समयअगावै चुक्ता गर्न चाहेमा बैंक तथा वित्तीय संस्थाले अग्रिम भुक्तानी शुल्क (Prepayment charges) लिन पाउने छैनन् ।

                             समय सीमा                                                                कर्जा चुक्ता गर्नुपर्ने न्यूनतम प्रतिशत
                   २०८० असार मसान्तसम्म                                                                              १०
                   २०८० पुस मसान्तसम्म                                                                                 २०
                   २०८१ असार मसान्तसम्म                                                                              २०
                   २०८१ पुस मसान्तसम्म                                                                                 २०
                   २०८२ असार मसान्तसम्म                                                                              ३०
                            कुल                                                                                                 १०० 

(ग) उपबुँदा (ख) बमोजिम समायोजन भएका कर्जासम्बन्धी विवरण देहाय बमोजिमको ढाँचामा मासिक रुपमा मिति २०८० असोज मसान्त सम्म नेपाल राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नुपर्नेछ ।

अनुसुची १ः चालू पुँजी कर्जाको प्रकार 

(क) क्यास क्रेडिट कर्जा

औद्यौगिक एवम् व्यापारिक कम्पनी/फर्म/संस्थाको चालू सम्पत्ति व्यवस्थापनका लागि सोही चालू सम्पत्ति धितोलाई दृष्टिबन्धक (Hypothecation) र/वा धरौट बन्धक (Pledge) गरी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने नवीकरणयोग्य कर्जालाई क्यास क्रेडिट कर्जा मानिनेछ । 

(ख) अल्पकालीन अवधिको कर्जा

औद्यौगिक एवम् व्यापारिक कम्पनी÷फर्म÷संस्थाको अल्पकालीन चालूपूँजीको आवश्यकतालाई पूर्ति गर्न सोही चालू सम्पत्ति धितोलाई दृष्टिबन्धक (Hypothecation) र/वा धरौट बन्धक (Pledge) गरी निश्चित अवधि तोकी एकमुष्ट कर्जा प्रवाह र एकमुष्ट भुक्तानी हुने गरी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जालाई अल्पकालीन अवधिको कर्जा मानिनेछ । यस्तो कर्जा नवीकरणका लागि योग्य हुने छैन । 

(ग) आयात निर्यातसँग सम्बन्धित कर्जा

औद्योगिक तथा व्यापारिक प्रयोजनका लागि खोलिएका प्रतीतपत्र वा अन्य माध्यमबाट मालसामान आयात निर्यात गर्दा/गराउँदा Commercial Invoice मा उल्लेखित रकमको सीमासम्मको रकम भुक्तानी गर्ने प्रयोजनका लागि प्रदान गरिने कर्जालाई आयात निर्यातसँग सम्बन्धित कर्जा मानिन्छ । यस कर्जाअन्तर्गत ट्रस्ट रिसिट लगायतका कर्जा पर्दछन्। यस्तो कर्जा नवीकरणका लागि योग्य हुने छैन । 

(घ) चालू पुँजी प्रयोजनको आवधिक कर्जा :

व्यवसायको चालूपुँजीको आवश्यकता मूल्यांकन गर्दा स्थिर प्रकृतिको आवश्यकता Permanent Working Capital Need लाई ३ देखि १० वर्ष अवधिको आवधिक कर्जा प्रदान गर्नुपर्दछ । यस्तो कर्जालाई चालूपुँजी प्रयोजनको आवधिक कर्जा मानिने छ ।


 

Top