logo
Blog single photo
December 15 2022

राष्ट्र बैंक भन्छ : अहिलेपनि १०२ अर्ब रुपैयाँ पुनरकर्जा लगानीमा छ 

राष्ट्र बैंक । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७९ कात्तिक मसान्तसम्म १ खर्ब २ अर्ब ६० करोड रुपैयाँ लगानीमा रहेको जनाएको छ । 

२०७९ कात्तिक मसान्तसम्ममा १ लाख ४८ हजार ४ सय ३३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २ खर्ब १० अर्ब १२ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ४ सय ६१ ऋणीलाई प्रवाह भएको १ खर्ब ३८ अर्ब ६९ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८५ हजार १ सय ३८ महिला उद्यमीलाई प्रवाह भएको ६८ अर्ब ६ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय ३४ ऋणीको ३ अर्ब ३७ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । 

व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ कात्तिक मसान्तमा ८५ करोड ९४ लाख रुपैयाँ बक्यौता रहेको छ ।
 



मुद्रा र पूँजीबजार सम्बन्धी सम्पूर्ण खबर : बैंकको खबर डटकम डटएनपी

Top