बीमा खबर । जीवन बीमक संघमा नयाँ कार्यसमिति गठन भएको छ । संघको शुक्रबार बसेको साधारणसभाले सिटिजन लाइफका सिइओे पोषकराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यसमिति गठन भएको हो ।
उपाध्यक्षमा नेपाल लाइफ इन्स्योरेन्सका सिइओ प्रवीणरमण पराजुली, महासचिवमा ज्योती लाइफका सिइओ प्रकाशविक्रम खत्री र कोषाध्यक्षमा एशियन लाइफका सिइओ दिनेशलाल श्रेष्ठ चयन भएका छन् ।
कार्यसमिति सदस्यमा एलआईसी नेपालका एलपि दास, रिलायबल नेपाल लाइफका नारायणबाबु लोहनी, आइएमई लाइफका कवि फुयाल चयन भएका छन् ।