logo
Blog single photo
November 16 2022

नेपाल इन्भेष्टमेन्ट बैंकले ४ प्रतिशत बोनस शेयरसहित ११ प्रतिशत लाभांश दिने

बैंक खबर । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिले ११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जसमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कात्तिक २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।



सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 

Top