logo
Blog single photo
November 15 2022

विकास बैंकहरुले घटाए निक्षेपको ब्याजदर, वाणिज्य बैंकहरुले गरे यथावत राख्ने निर्णय

बैंक खबर । विकास बैंकहरुले ब्याजदर घटाउने भएका छन् । विकास बैंकहरुको छाता संगठन डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालले मंगलबार बैठक डाकेर निक्षेपको ब्याजदर ०.१५ प्रतिशतले घटाउने निर्णय गरेको हो । 

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सहज भएकाले ब्याज घटाएको जनाएका हुन् । अब विकास बैंकहरुको साधारण मुद्दति निक्षेपको ब्याज अधिकतम १२.८५ प्रतिशत र बचतमा ९.८५ प्रतिशतसम्म कायम हुनेछ । 

 



वाणिज्य बैंकहरुले भने ब्याजदर यथावत राख्ने निर्णय गरेका छन् । मंगलबार बसेको बैंकर्स संघको बैठकले मंसिर महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय गरेको हो । 

Top