logo
Blog single photo
August 31 2022

२२ अंकले घट्यो शेयर बजार, कारोबार रकम एक अर्ब नजिक

बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव हुनु, दोस्रो बजारबाट पाउने प्रतिफल भन्दा निक्षेपको ब्याजदर बढी हुनु, कर्जा सहज नहुनु लगायतका कारण शेयर बजार प्रभावित हुँदै आएको छ ।

footer


बैंक खबर । शेयर बजार परिसूचक नेप्से २१.९७ अंकले घटेर १९ सय ७३.३८ विन्दुमा झरेको छ । १ अर्ब १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा आएका सबै समूहमा आएको गिरावटले नेप्से दबाबमा परेको हो । आज कारोबार भएकामध्ये १ सय ६८ कम्पनीको सेयरमूल्य घटेको छ । १६ वटाको बढेको छ । 

बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव हुनु, दोस्रो बजारबाट पाउने प्रतिफल भन्दा निक्षेपको ब्याजदर बढी हुनु, कर्जा सहज नहुनु लगायतका कारण शेयर बजार प्रभावित हुँदै आएको छ । निक्षेपमा आकर्षक ब्याज पाउँदा शेयर बजारमा थप पूँजी आउन सकेको छैन । त्यसैले परिसूचकसँगै कारोबार रकम पनि सुस्ताउँदै गएको विश्लेषण गरिएको छ । 

लाभांशको सिजन आएको छ, अर्थतन्त्रमा सुधारको संकेत देखिएका छन तर नगद प्रवाह बढ्ने सम्भावना नदेखिएको कारण लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । 

बजारले रङ परिवर्तन गर्न नसकेपछि लगानीकर्ताले नेप्सेको मुभमेन्ट अध्ययन गरिरहेका छन । तथापी केही चलाख लगानीकर्ताले छोटो समयमा खरिदबिक्री गरी आम्दानी गरिरहेको देखिन्छ । 
 

Top