logo
Blog single photo
August 16 2022

सानिमा बैंकले ल्यायो हरितालिका तीजको कोसेली

बैंक खबर । सानिमा बैंकले हरितालिका तीजको अवसरमा नारीहरुकालागि तीजको कोसेली योजना ल्याएको छ ।

बैंकले सानिमा नारी बचत खाता खोल्ने महिला ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, युएसडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिनेछ ।

यस्तै लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी पहिलो पिओएस कारोबारमा १० प्रतिशत वा अधिकतम पाँच सय रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नुहुनेछ । 

footer


यो योजना २०७९ भदौ १ देखि १५ गतेसम्म लागू हुने बैंकले जनाएको छ । तर क्यासब्याक योजना भदौ मसान्तसम्म लागू हुनेछ ।

यो सेवा देशभर रहेका १ सय २७ वटै कार्यालयबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
 

Top