logo
Blog single photo
August 16 2022

क्रिप्टोकरेन्सी, हाइपर फण्ड र नेटवर्क मार्केटिङको कारोबार नगर्न राष्ट्र बैंकको आग्रह

बैंक खबर । नेपाल राष्ट्र बैंकले भर्चुअल मुद्रा भनिने क्रिप्टोकरेन्सीको कारोबार नगर्न फेरीपनि आग्रह गरेको छ । राष्ट्र बैंकले यसअघि तीन पटक सूचना जारी गर्दै क्रिप्टोकरेन्सीको कारोबार नगर्न सजग गराएको थियो । 

राष्ट्र बैंकले सोमबार पनि एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङ गैरकानुनी भएकोले त्यस्ता कार्य गर्नेलाई कारवाही गर्ने जनाएको छ ।

footer


नेपालमा कुनै पनि प्रकारको क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग वा माइनिङ गैरकानुनी रहेकोले यस्ता प्रकारका क्रिप्टोकरेन्सीहरु, हाइपर फण्ड, पिरामिडमा आधारित नेटवर्क मार्केटिङ लागायतका क्षेत्रमा कारोबार गरेको वा गराएको पाइए कारबाही गर्ने जनाएको हो । यस्तो कारोबार कारोबार गरेको पाइएमा विदेशी मुद्रा विनिमय ऐन अनुसार कारवाही गर्ने केन्द्रिय बैंकले जनाएको छ।

केन्द्रिय बैंकले किप्टोकरेन्सिको कारोबार, हाइपर फण्ड, नेटवर्क मार्केटिङ, सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा लगानी, ठगि तथा कर छली, लगानीको असुरक्षा, पूँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदि सम्बन्धि जोखिम अन्तरनिहित हुने भन्दै कारोबार नगर्न आग्रह गरेको छ । 

Top