logo
Blog single photo
August 16 2022

भदौमा ब्याजदर नबढ्ने, संस्थागत निक्षेपको एक प्रतिशत विन्दुले घट्ने

बैंक खबर । वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने भएका छन् । नेपाल बैकर्स संघको सोमबार बसेको बैठकले भदौमा ब्याजदर नबढाउने निर्णय गरेको हो । 

बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायका अनुसार व्यक्तिगत निक्षेपको ब्याजदर अधिकतम ११.०३ प्रतिशत नै कायम राख्ने निर्णय भएको छ । संस्थागत निक्षेपको ब्याजदर भने घटाइएको उनले बताए । 



राष्ट्र बैंकको निर्देशन अनुसार संघले संस्थागत मुद्दती निक्षेपको ब्याजदर समायोजन गर्दै १०.०३ प्रतिशतबाट ९.०३ प्रतिशत कायम गर्ने निर्णय गरेको छ । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्दै व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर २ प्रतिशत बिन्दुले फरक हुनपर्ने व्यवस्था गरेपछि बैंकहरुलाई ब्यक्तिगत निक्षेपको ब्याजदर बढाउने वा संस्थागतको घटाउनुपर्ने बाध्यता थियो । 

केन्द्रीय बैंकले साउन १८ गते एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्नसक्ने व्यवस्था गरेको थियो । त्यस लगत्तै साउन २० गते बसेको बैंकर्स संघको बैठकले ब्याजदर नबढाउने निर्णय गरेको थियो ।

ब्याजदर बढाउँदा निक्षेप बढ्ने स्थिति नरहेको अवस्थामा कर्जाको ब्याजदर महँगो हुने र यसले झन समस्या ल्याउन सक्ने भएकाले भदौमा पनि अहिलेकै ब्याजदरलाई समायोजन गरेर जाने निर्णय गरिएको संघले जनाएको छ ।

Top