logo
Blog single photo
August 14 2022

अभियान लघुवित्तको शेयर सोमबार बाँडफाँट हुने

९१ हजार ३ सय ७५ जनाले १० कित्ताका दरले पाउँछन शेयर 

footer


बैंक खबर । अभियान लघुवित्त वित्तीय संस्थाको साउन १८ देखि २२ गतेसम्म निष्काशन भएको शेयर ३० गते (सोमबार) बाँडफाँट हुने भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिलटले सोमबार बिहान ९ बजे शेयर बाँडफाँट गरिने जनाएको छ । 

लघुवित्तको आइपीओमा २० लाख ४३ हजार २० आवेदकले २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख १६ हजार १ सय ९० कित्ता शेयर माग गरेका छन् । 

लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयर मध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५ सय कित्ता कर्मचारीहरुका लागि छुट्याएको थियो । त्यसपछि ५ प्रतिशत अर्थात ४८ हजार ७ सय ५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ९ लाख १३ हजार ७ सय ५० कित्ता शेयर सर्वसाधारणको लागि छुट्याइएको छ।

आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोला प्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । 

शेयर बाँडफाँटपछि लघुवित्तको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुुग्नेछ । 

Top