logo
Blog single photo
August 02 2022

बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ निक्षेप गायब

१६ दिनमा  बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ निक्षेप गायब



बैंक खबर । साउन १ गते यता बैंकिङ प्रणालीबाट झण्डै २ अर्ब रुपैयाँ निक्षेप गायम भएको छ । नेपाल बैंकर्स संघका अनुसार दुई सातामा वाणिज्य बैंकहरुको प्रणालीबाट ९१ अर्ब रुपैयाँ निक्षेप घटेको छ । 

शुक्रबारसम्ममा बैंकहरुसँग ४४ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप छ । गएको असार ३२ गते वाणिज्य बैंकहरुसँग ४५ खर्ब ४१ अर्ब निक्षेप थियो । साउन पहिलो साता ६४ अर्ब रुपैयाँ घटेको थियो भने दोस्रो सातामा २८ अर्ब घटेको संघको तथ्याङ्कमा छ । 

आइतबार र सोमबार मात्रै ९ अर्ब निक्षेप घटेको देखिन्छ । राष्ट्र बैंकको तथ्याङ्कमा सोमबार बैंकहरुसँग कुल निक्षेप ४४ खर्ब ४१ अर्ब कायम छ । यो तथ्याङ्क अनुसार १६ दिनमा  बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ निक्षेप गायब भएको स्पष्ट हुन्छ । 

वाणिज्य बैंकहरुको निक्षेप मात्रै घटेको छैन । कर्जा लगानी पनि घट्दो क्रममा छ । असार अन्तिममा ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको कर्जा अहिले ११ अर्बले घटेर ४१ खर्ब ६४ अर्बमा झरेको छ । 

बैंकहरुको औसत सिडि रेशियो ८७.९८ प्रतिशत कायम भएको छ । तरलता मिलाउन बैंकहरुले अहिले साढे आठ प्रतिशतभन्दा माथि गएर अन्तरबैंक सापटी लिनुपरेको बैंकरहरुले बताएका छन् । 

Top