राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको छ । डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहकको जिम्मेवारी ।
राष्ट्र बैंक । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । अधिकारीले शुक्रबार निलम्बनमा परेको पत्र बुझिसकेका छन् ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले नै अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेर छानबिन समिति बनाएको थियो ।