जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार २ सय ५० कित्ता शेयर निष्काशन
बैंक खबर । उपकार लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्काशन गरेको छ । लघुवित्तले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो ।
\निष्काशित शेयर मध्ये ०.५० प्रतिशत (३ हजार २८१ कित्ता) कर्मचारीहलाई र ५ प्रतिशत (११ हजार ८१३ कित्ता) सामुहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । बाँकी रहेको २ लाख २१ हजार १ सय ५६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओमा न्यूनतम १० कित्तादेखि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । यस्तो आवेदन आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरको वेब तथा एप मार्फत दिन सकिनेछ ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल रहेको छ ।
आइपीओका लागि इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्रको वित्तीय वहन क्षमता मध्यम रहेको जनाउँछ ।
चैत २५ देखि २९ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे २०७९ बैशाख ९ गतेसम्म म्याद थप हुनेछ ।