logo
Blog single photo
March 09 2022

यस्तो छ आजदेखि प्रचलनमा आएको १ रुपैयाँको नयाँ सिक्का 

बैंक खबर । आज (फागुन २५ गते) देखि १ रुपैयाँको नयाँ सिक्का प्रचलनमा आएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले साल २०७७ लेखिएको १ रुपयाँ दरको नयाँ सिक्का प्रचलनमा ल्याएको हो । 

सिक्काको अग्र भागमा बृत्ताकार चौसठ्ठी थोप्ला छन् । यसमा हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा राखिएको छ । 

footer


सिक्कामा चन्द्र, सूर्यका साथै सगरमाथाको आकृति र अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ । यस्तै, सिक्कामा फरक क्षमता भएका (दृष्टिविहीन)हरूले स्पर्श गरेर पहिचान गर्न सक्ने मोटो थोप्लो पनि राखिएको छ ।

Top