logo
Blog single photo
September 29 2021

आइसिटी अवार्डको शीर्ष प्रायोजकमा ‘एफवान सफ्ट’ 

बैंक खबर । छैटौं संस्करणको आइसिटी अवार्डको शीर्ष प्रायोजन एफवान सफ्टले गर्ने भएको छ । सोमवार आइसिटी अवार्डको आयोजक लिभिङ विथ आइसिटी र एफवान सफ्टबीच शीर्ष प्रायोजनका लागि सम्झौता भएको हो । सम्झौता अनुसार कार्यक्रमको नाम ‘एफवान सफ्ट आइसिटी अवार्ड २०२१’ हुनेछ । 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको छैटौं संस्करणमा ११ विधामा नोमिनेसन खुल्ला गरिएको थियो । जसमा ३५० भन्दा बढीको आवेदन प्राप्त भएको थियो । 

अहिले विभिन्न चरणमा छनौट प्रक्रियाहरू सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । अवार्डका विजेतालाई पुरस्कार वितरण तथा ग्राण्ड फिनाले कार्यक्रम १७ डिसेम्बर २०२१ मा सोल्टी होटलमा आयोजना हुनेछ । 

footer


आइसिटी अवार्डको प्रि इभेन्ट क्याम्पियनको रूपमा यही असोज १५ गते ४० बढी स्टार्टअपलाई मेन्टरिङ सेसन र १६ गते शनिवार एक्जिविसन आयोजना भइरहेको आयोजकले जनाएको छ । 
 

Top