बैंक खबर । बुधबार शेयर बजारमा सुधार भएको छ । नेप्से परिसूचक ५०.५८ अंकले बढेर २ हजार ६ सय ६५.९४ विन्दुमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि बढेको छ ।
कारोबारमा आएका सबै समूहका सूचकहरु बढेका छन् । फाइनान्स र जलविद्युत समूहमा आएको बृद्धिले नेप्से परिसूचक उच्च अंकले बढेको देखिन्छ ।
नेप्से बढेपनि कारोबार रकम भने बढ्न सकेन । ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ५ सय ९२ रुपैयाँ बराबरको ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता शेयर खरिदविक्री भएको छ ।
अपि पावर कम्पनी र ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । अन्य विभिन्न ६ कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा बढीले बढेको छ । बजारमा हरियाली आउँदा पनि मेगा बैंक, युनिलिभर लगायतका कम्पनीका शेयरधनीले गुमाएका छन् ।